२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकको समय परिवर्तन भएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विशेष कारणवश बैठकको समय परिवर्तन भएको बताएका छन् ।
उनका अनुसार अब बैठक बुधबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । यसअघि प्रतिष्ठानले बिहान ११ बजे बैठक बस्ने गरी समय निर्धारण गरेको थियो ।
बैठकका लागि चार वटा एजेन्डाहरू तय गरिएको दुलालले जानकारी दिए । उनका अनुसार उपसमिति संयोजकहरुले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल, थप उपसमितिको जिम्मेवारी निर्धारण र समसामयिक÷विविध विषयमा छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4