प्रतीकात्मक तस्वीर
२७ जेठ, काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज गार्मेन्टमा आगलागी हुँदा ८ करोडको क्षति भएको छ ।
विद्युत सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले बताएको छ । बुधबार बिहान करिब ३ बजेतिर लागेको आगो ११ वटा दमकल, पानी ट्यांकर, प्रहरी, सेना, सशस्त्रको सहयोगमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट गार्मेन्ट पूर्ण रुपमा जलेको नजिकैको अन्नपूर्ण किराना स्टोर। प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको बताइएको छ । लुम्बिनी खाजाघर, क्यापिटल इन्टरनेशनल मेनवास र आसपासका २ घरमा पनि क्षति पुगेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4