0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १४:२०

काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए ।

त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, जनकपुर, इटहरी र बुटवलमा अडिसन आयोजना गरिएको थियो । काठमाडौं उपत्यका र मोफसलमा गरेर कुल ७८ जना सुन्दरीले अडिसन दिएका छन् ।

द हिडन ट्रेजरका अनुसार यसवर्ष १०० जनाभन्दा धेरैले आवेदन दिएका थिए । संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंशाकारका अनुसार, आज बुधबार अडिसन दिएका मध्येबाट २८ जना छनोट गरिनेछ ।

छनोट गरिएका मध्येबाट पनि २४ जना फाइनलिस्ट पुनः छनोट हुनेछन् । यसवर्षको मिस नेपाल साउन १६ गते (अगस्ट १)मा द प्लाजामा नै आयोजना हुनेछ ।

जजमा को-को ?

द हिडन ट्रेजरले जज (निर्णायक) पनि सार्वजनिक गरेको छ । जसमा संस्थाका निर्देशक रुपेश प्रधान, कोरियोग्राफर रचना शर्मा, मेकअप आर्टिस्ट सकिल कुवँर, फेसन डिजाइनर रमिला नेमकुल र पूर्वमिस इन्टरनेसनल तथा अभिनेत्री नीति शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?