२७ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो ।
नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन ।
एसियन गेम्स छनोटमा नेपालले चीन र इन्डोनेसियालाई पराजित गरेको थियो । सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल तेस्रो स्थानको खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।
त्यसपछि एसीसी महिला प्रिमियर कपमा नेपाली महिला टोलीले समूह चरणमा कतार र भुटानलाई हराउँदा हङकङसँग पराजित भएको थियो ।
बुधबार विहान भएको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल एसिया कपका लागि पनि छनोट हुन सकेन ।
प्रतिक्रिया 4