+

टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र हालसम्मकै उत्कृष्ट रेटिङका साथ चौथोमा उक्लिए

२०८३ जेठ  २७ गते १४:३८ २०८३ जेठ २७ गते १४:३८
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र हालसम्मकै उत्कृष्ट रेटिङका साथ चौथोमा उक्लिए

२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट २५६ पुगेको छ ।

नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको थियो ।

एसियन गेम्स छनोटमा दीपेन्द्रले ब्याटिङको खासै अवसर पाएनन् । नेपालले खेलेका चार खेलमध्ये दुई खेलमा ब्याटिङ गरेका उनले ४० रन बनाए भने ४ विकेट समेत लिए ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।

भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् भने तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

अजमतुल्लाह ओमरजाइ चौथोबाट पाँचौंमा झरेका छन् ।

 

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय