0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुनको भाउ तोलामा ५ हजार १ सय घट्यो, एक सातामै २४ हजार सस्तियो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
  • दुई दिनमै सुनको भाउ प्रतितोला १५ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
  • यसैगरी चाँदीको भाउ प्रतितोला ९० रुपैयाँ घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ ।

२८ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो । दुई दिनमै सुनको भाउ तोलामा १५ हजार २ सय रुपैयाँ घटेको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा सुनको भाउ तोलामा २४ हजार ४ सय रुपैयाँ घटिसकेको छ । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज ९० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ । यसअघि मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?