0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

म राष्ट्रभक्त हुँ

राकेश कुमार झा (रसिक) राकेश कुमार झा (रसिक)
२०८३ जेठ २८ गते १३:५४

म हिमालझैं अटल हुँ,
म पहाडझैं अविरल हुँ,
म तराईझैं निश्चल हुँ ।
म नेपाली आमाको रक्त हुँ ।
म देश भक्त हुँ ।
म राष्ट्र भक्त हुँ ।।

पुर्खाले यही माटोलाई माया गरे ।
पुर्खाले यही भूमिलाइ पूजा गरे ।
पुर्खाले सिकाएको बाटोमा हिँड्दैछु ।
मातृभूमिका लागि म सशक्त हुँ ।
म देश भक्त हुँ ।
म राष्ट्र भक्त हुँ ।।

राष्ट्रको सेवा नै मेरो धर्म हो ।
राष्ट्रको सेवा नै मेरो कर्म हो ।
राष्ट्रको सेवा नै अन्तिम मर्म हो ।
मातृभूमिका लागि म सशक्त हुँ ।
म देश भक्त हुँ ।
म राष्ट्र भक्त हुँ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?