+

राखेपका नवनियुक्त उपाध्यक्षको पदबहाली

२०८३ जेठ  २८ गते १४:४९ २०८३ जेठ २८ गते १४:४९
राखेपका नवनियुक्त उपाध्यक्षको पदबहाली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त विशाल श्रेष्ठले पदबहाली गर्दै खेलकुदको विकासमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
  • नवनियुक्त उपाध्यक्ष श्रेष्ठसहित सदस्यहरू मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई परिषद्मा स्वागत गरिएको छ ।
  • परिषद्का सदस्य सचिव रामचरित्र मेहताले नयाँ पदाधिकारीहरूलाई खेलकुदको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयो ।

२८ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नियुक्त भएका विशाल श्रेष्ठले पदबहाली गरेका छन् । नेपाल सरकारले उनलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो ।

पदबहाली गर्दै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा खेलकुदको विकासमा योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।

परिषदमा उपाध्यक्ष सहित नवनियुक्त सदस्यहरु मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गर्दै परिषद्का सदस्य सचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका छन् ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यनजनकार तथा परिषदका विभागीय र शाखा प्रमुखहरुको उपस्थिति थियो ।

राखेप उपाध्यक्ष विशाल श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय