+

१४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित

२०८३ जेठ  २९ गते ९:४५ २०८३ जेठ २९ गते ९:४५
१४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण कोरियाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
  • मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा दोस्रो हाफको १४ मिनेटभित्र दुई गोल फर्काउँदै कोरियाले जित दर्ता गर्‍यो ।
  • १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले पहिलो खेलमै जित निकालेको यो चौथो पटक मात्र हो ।

२९ जेठ, काठमाडौं । दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ ले पराजित हुन पुग्यो ।

दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो । १२औं पटक विश्वकप खेलिरहेको दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै जित निकालेको यो चौथोपटक हो ।

५९औं मिनेटमा लादिस्लाभ क्रेज्की गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेन । त्यसको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो । ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए ।

खेलको ७७औं मिनेटमा फ्रिकिकमार्फत आएको बललाई हेडरमार्फत चेक रिपब्लिकका थोमस सुसेकले गोलको दिशा दिएका थिए । तर, अफसाइड पोजिसनमा हुँदा गोलले मान्यता पाएन ।

८०औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । ओएच ह्योङयुले गोल गर्दै दक्षिण कोरियालाई जितको बाटो देखाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र दक्षिण कोरिया विजयी भयो ।

समूह ‘ए’ मा पहिलो जित निकालेको दक्षिण कोरिया ३ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । समान ३ अंक जोडेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।

अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंकतालिकाको पुछारमा छन् ।

Photo : Imago / Anadolu Agency

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय