News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले संसद्मा प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्रीले अपमान गरेको भन्दै आपत्ति जनाएको छ ।
- “प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो” भनी नेता अर्जुननरसिंह केसीले बताए ।
- नेकपा एमाले र कम्युनिष्ट पार्टीले पनि अर्थमन्त्रीले संसद्मा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रश्न सोध्ने सांसद्लाई मन्त्रीबाट अपमान गर्ने कार्य भएको भन्दै यसलाई संसदीय मर्यादाकै अपमानको रूपमा व्याख्या गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको करका दर हेरफेर र करको दर हेरफेरको सूचना चुहावटको विषयमा प्रश्न गर्ने सांसदलाई विगत नियाल्न सुझाएका थिए ।
यस्तो शैलीमा प्रश्न उठाउँदै कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने, ‘प्रश्न गर्ने सांसदलाई तपाईंको नामको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो ।’
संसद् धम्की दिने थलो नभएको र तर्क तथा विमर्श गर्ने थलो भएको उनले बताए । यसमा गम्भीर बन्नुपर्ने उनको आग्रह छ ।
अनय विपक्षी दलहरूले समेत यो विषयमा अर्थमन्त्रीको आलोचना गरेका छन् ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले पनि अर्थमन्त्रीले संसद्मा प्रश्न सोधेकै आधारमा अर्थमन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भनेर विरोध जनाएका छन् ।
प्रतिक्रिया 4