+
+
Shares

जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहाका ६५ वर्षीय विपिनकुमार झा रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधामको मुजेलियामा जेसीबीमा मोटरसाइकल ठोक्किँदा महोत्तरीका ६५ वर्षीय विपिनकुमार झाको मृत्यु भएको छ ।
  • पेट्रोल पम्पबाट निस्किँदै गरेको जेसीबीलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

२९ जेठ, जनकपुरधाम । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहाका ६५ वर्षीय विपिनकुमार झा रहेका छन् ।

धनुषा प्रहरीका अनुसार शुक्रबार बिहान ९ बजेतिर जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित जनकपुर डिजल सेन्टर पेट्रोल पम्पबाट तेल हालेर निस्किँदै गरेको जेसीबीमा झाले चलाएर महेन्द्रनगर तर्फबाट जनकपुर आउँदै गरेको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका झाको साइ ट्रमा अस्पताल जनकपुरमा उपचारको क्रममा बिहान ९ः३५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?