+
+
Shares

प्रश्नकर्ता सांसदहरूलाई अर्थमन्त्रीले गरे छेडखानी

उनले भनेका छन्, ‘विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ । माननीयजीहरू धेरैले पाउनुभएन जस्तो बुझेँ मैले । पाउनु भएको भए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नु भन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुरा गर्नुभयो कि भन्ने महसुस भयो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा सांसदहरूले विनियोजन विधेयक नपढी सुनेका भरमा टिप्पणी गरेको भन्दै कटाक्ष गर्नुभएको छ।
  • अर्थमन्त्री वाग्लेले सांसदहरूलाई लक्षित गरी "सैद्धान्तिक धरातलबारे अलिक उन्नत बुझाइ भयो भने बजेटको दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ" भन्नुभएको छ।
  • विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्रीले यस्तो छेडखानीपूर्ण टिप्पणी गर्नुभएको हो।

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई गरे छेडखानी गरेका छन् ।

बिहीबार प्रश्नकर्ता सांसदहरूको क्षमतामाथि नै प्रश्न गरेका थिए । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूको बौद्धिक योग्यतामाथि प्रश्न उठाउँदै भनेका थिए, ‘सैद्धान्तिक धरातलबारे अलिक उन्नत बुझाइ भयो भने बजेटको दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ ।’

यस्तो कटाक्ष र छेडखानीलाई अर्थमन्त्री डा. वाग्लेले शुक्रबार पनि दोहोर्‍याए ।

उनले भनेका छन्, ‘विनियोजन विधेयकको एउटा पातलो पुस्तिका छ । माननीयजीहरू धेरैले पाउनुभएन जस्तो बुझेँ मैले । पाउनु भएको भए पनि त्यसको सेरोफेरोमा रहेर टिप्पणी गर्नु भन्दा पनि समग्र बजेटको विनियोजन र सुनेका भरमा धेरै कुरा गर्नुभयो कि भन्ने महसुस भयो ।’

शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन रोस्ट्रम पुगेर सुरुमै अर्थमन्त्री वाग्ले यस्तो बताएका हुन् ।

सांसदहरूले पढ्दै नपढी प्रश्न गरेको भनेर उनले अझै थपेका छन्, ‘पातलै छ यसो हेरेर आउनु भएको भए अलि डिस्कसन केन्द्रित हुन सक्थ्यो ।’

विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफलमा सांसदहरूले समग्रतामै प्रश्न गर्ने हुन् । तर समग्रतामा प्रश्न गरेको भनेर अर्थमन्त्रीले उल्टै छेडखानी गरेका हुन् ।

संसद्मा मन्त्रालयगत बजेट छलफल हुन बाँकी छ । मन्त्रालयगत छलफलमा कुन शीर्षकमा कति र कुन योजनामा कति रकम पर्‍यो र त्यसले दिने परिणाम कस्तो हुन्छ भनेर छलफल हुन्छ । मन्त्रालयगत छलफलमा विषय केन्द्रित छलफल हुन्छ । तर संसद्मा सांसदले समग्रतामा प्रश्न गरेको भनेर अर्थमन्त्री डा. वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई छेडखानी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?