+
+
Shares

मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

‘कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ,’ अर्थमन्त्री डा. वाग्लेले भनेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ’ भनी प्रतिनिधिसभामा स्पष्ट पारेका छन् ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले बजेट कार्यान्वयनको चरणमा धेरै अधिकार कार्यपालिकालाई प्रत्यायोजन गर्ने प्रावधानबारे प्रश्न गरेकी थिइन् ।
  • अर्थमन्त्री वाग्लेले वेस्ट मिनिस्टर प्रणालीमा व्यवस्थापिकाले कार्यपालिकालाई ओभरल म्यान्डेड दिने र संसद्‍ नै सार्वभौम हुने उल्लेख गरेका छन् ।

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसद्‍बाट पास हुने बजेटले कार्यान्वयनको चरणमा धेरै अधिकार कार्यपालिकाले नै निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने प्रावधानहरू रहेको भनेर प्रश्न गरेकी थिइन् ।

जवाफमा अर्थमन्त्री वाग्लेले भने, ‘वेस्ट मिनिस्टर प्रणालीमा यही नै हो । ओभरल म्यान्डेड व्यवस्थापिकाले कार्यपालिकालाई दिन्छ । ’

यहीँनेर अर्थमन्त्री वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका हुन् ।

‘कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ,’ अर्थमन्त्री डा. वाग्लेले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?