News Summary
Generated by OK AI. Editorially reviewed.- संसद् बैठकमा नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरूले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषय उठाएका छन् ।
- एमालेका प्रमुख सचेतक ऐन महरले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको उल्लेख गर्दै “नेपाल सरकार के हेरेर बसेको छ ?” भनी प्रश्न गरे ।
- श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले सुस्ता घटनाबारे प्रश्न सोध्न रक्षामन्त्रीलाई संसद्मा बोलाउन सभामुखसमक्ष माग गरे ।
२९ जेठ, काठमाडौं । सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषय संसद्मा उठेको छ । नेकपा एमाले, श्रम संस्कृति पार्टीका सांसदहरूले यो विषयमा सरकारको ध्यानाकषण गरेका छन् ।
सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय बासीले लखेटेको उल्लेख गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने, ‘नेपाल सरकार के हेरेर बसेको छ ?’
प्रधानमन्त्री बालेन शाहले नेपालले समेत भारतको सीमा मिचेको भनेको सन्दर्भ समेत उल्लेख गर्दै उनले सुस्तामा भारतीय सीमा सुरक्षा बलको प्रवेशको विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
त्यसअघि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भनेर सरकारको ध्यानाकर्षण गरेका थिए ।
‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ नेता साम्पाङले भने ।
यो विषयमा सरकार गम्भीर हुनुपर्ने उनको आग्रह छ ।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं ।’
प्रतिक्रिया 4