News Summary
Generated by OK AI. Editorially reviewed.- बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
- दुर्घटनामा ज्यान गुमाउनेमा ४ पुरुष र ४ महिला रहेका छन् भने उनीहरूको सनाखत हुन बाँकी छ ।
- दुर्घटनाका १७ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
२९ जेठ, काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेको हो । यो शव फेला परेसँगै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
डीएसपी बिष्टका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरू कसैको पनि पहिचान हुन सकेको छैन ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए ।
प्रतिक्रिया 4