२९ जेठ, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट पार्टी(विप्लव) समूहका कार्यकर्ता सात वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ‘महान्’ भनिने खिबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
उनीसमेतका व्यक्तिहरूले २०७६ असार ९ गते राति बारेकोट गाउँपालिकाको लिम्सास्थित कार्यालय भवनमा गाउँपालिका अध्यक्षको ढोका अगाडि दुई वटा (पाइप बम र बट्टा बम) राखेको प्रहरीले जनाएको छ ।
यस्तै, सोही वर्ष मंसिरमा नलगाड नगरपालिका–५ स्थित बाटोमा पनि बम विष्फोट गराएको मुद्दा पनि उनीमाथि रहेको प्रहरीले जनाएको छ ।
त्यसयता उनी फरार रहेको जाजरकोट प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैक्रममा उनलाई शुक्रबार दिउँसो जाजरकोटकै भेरी नगरपालिका–३ बाट पक्राउ गरेर जाजरकोट जिल्ला अदालतमा बुझाइएको प्रहरी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4