+

क्यानडाले भिसा नदिँदा थोमस पार्टेले विश्वकपको पहिलो खेल गुमाउने

२०८३ जेठ  २९ गते २३:२२ २०८३ जेठ २९ गते २३:२२
क्यानडाले भिसा नदिँदा थोमस पार्टेले विश्वकपको पहिलो खेल गुमाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाले प्रवेश अनुमति दिन अस्वीकार गरेपछि घानाका मिडफिल्डर थोमस पार्टेले फिफा विश्वकप २०२६ को पहिलो खेल गुमाउने भएका छन् ।
  • बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका ३२ वर्षीय पार्टेको भिसा आवेदन क्यानडा सरकारले अस्वीकार गरेको हो ।
  • फिफाले ‘आयोजक राष्ट्रहरूको आप्रवासन प्रक्रिया वा भिसा निर्णयमा फिफाको कुनै भूमिका हुँदैन’ भनी स्पष्ट पारेको छ ।

२९ जेठ, काठमाडौं । क्यानडाले प्रवेश अनुमति दिन अस्वीकार गरेपछि घानाका मिडफिल्डर थोमस पार्टेले फिफा विश्वकप २०२६ को आफ्नो टोलीको पहिलो खेल गुमाउने भएका छन् ।

ग्रुप एलअन्तर्गत घानाले जुन १७ मा टोरन्टोस्थित बीएमओ फिल्डमा पानामासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । तर, टोलीको मुख्य खेलाडी मानिएका पार्टे उक्त खेलमा उपलब्ध नहुने भएका हुन् ।

फिफाले द एथलेटिकलाई दिएको विज्ञप्तिमा पार्टेको भिसा आवेदन क्यानडा सरकारले अस्वीकार गरेको पुष्टि गर्दै खेलाडीलाई अमेरिकास्थित घानाको प्रशिक्षण शिविरबाट क्यानडा जान अनुमति नदिइएको जनाएको छ ।

‘आयोजक राष्ट्रहरूको आप्रवासन प्रक्रिया वा भिसा निर्णयमा फिफाको कुनै भूमिका हुँदैन। विगतका प्रतियोगिताहरूमा जस्तै भिसा जारी गर्ने वा प्रवेश अनुमति दिने अन्तिम अधिकार सम्बन्धित सरकारकै हुन्छ,’ फिफाले जनाएको छ।

३२ वर्षीय पार्टे सन् २०२५ मा आर्सनल छाडेर स्पेनिस क्लब भियारियल पुगेका थिए । उनीमाथि बेलायतमा बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी विभिन्न आरोप लागेका छन् । उनले ती आरोप अस्वीकार गर्दै आएका छन् र यस वर्ष लन्डनको साउथवार्क क्राउन कोर्टमा मुद्दाको सुनुवाइ हुने तय छ ।

क्यानडाको आप्रवासन नियमअनुसार अपराधमा संलग्न भएका वा दोषी ठहरिएका व्यक्तिलाई देश प्रवेशमा रोक लगाउन सकिने व्यवस्था छ । यद्यपी, पार्टेको भिसा अस्वीकृत हुनुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन ।

घानाले विश्वकपको पहिलो खेल पानामाविरुद्ध खेल्नेछ भने सोही समूहका इंग्ल्यान्ड र क्रोएसियाले पनि त्यही दिन प्रतिस्पर्धा गर्नेछन् ।

थोमस पार्टे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय