+

तेक्वान्दो खेलाडी युवराज राना एसियाली खेलकुदका लागि छनोट

२०८३ जेठ  ३० गते २१:३५ २०८३ जेठ ३० गते २१:३५
तेक्वान्दो खेलाडी युवराज राना एसियाली खेलकुदका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेक्वान्दो खेलाडी युवराज राना जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
  • राना पुरुष एकल पुम्सेको यु-३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ मार्फत छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।
  • यसअघि क्योरोगीतर्फ पुरुष ८० केजीमुनि तौलसमूहमा अभिषेक बराल पनि उक्त प्रतियोगिताका लागि छनोट भएका थिए ।

३० जेठ, काठमाडौं । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।

युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।

यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।

२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय