+

एसियन गेम्सका लागि टेबलटेनिस खेलाडी छनोट

२०८३ जेठ  ३० गते २१:३५ २०८३ जेठ ३० गते २१:३५
एसियन गेम्सका लागि टेबलटेनिस खेलाडी छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि पुरुष र महिलातर्फ समान तीन–तीन टेबलटेनिस खेलाडी छनोट भएका छन् ।
  • लैनचौरमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ संयोग कपाली प्रथम, रुबिन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय हुँदै छनोट भए ।
  • महिलातर्फ नविता श्रेष्ठ पहिलो, इभाना थापा दोस्रो र योङ्गी पौडेल तेस्रो बन्दै छनोट भएका छन् ।

३० जेठ, काठमाडौं । जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २० औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ ।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

पुरुषमा संयोग कपाली प्रथम, रुबिन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय हुँदै छनोट भए । महिलामा नविता श्रेष्ठ पहिलो, इभाना थापा दोश्रो र योङ्गी पौडेल तेश्रो बन्दै छानिए ।

छनोट प्रतियोगितामा यहि जेठमा भएको ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा पुरुष÷महिला एकलतर्फ शीर्ष ८–८ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्की नवनियुक्त कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ रहेकी थिइन् । सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघले उनलाई बधाई दिदै सम्मान गरेको थियो ।

कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुबेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।

२०औं एसियन गेम्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय