+

पेनाल्टी गोलमा स्विट्जरल्यान्डलाई अग्रता

२०८३ जेठ  ३१ गते १:१३ २०८३ जेठ ३१ गते १:१३
पेनाल्टी गोलमा स्विट्जरल्यान्डलाई अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को खेलमा कतारविरुद्ध स्विट्जरल्यान्डले सुरुवाती अग्रता बनाएको छ ।
  • खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए ।
  • कतारका गोलकिपर महमूद अबुनादाले डिबक्सभित्र विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पाँचौं खेलमा स्विट्जरल्यान्डले कतारविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा जारी खेलको १७औं मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका हुन् ।

पेनाल्टी बक्स भित्र कतारका गोलकिपर महमूद अबुनादाले विपक्षी खेलाडीलाई लडाएपछि स्विट्जरल्यान्डले पेनाल्टीले पाएको थियो । जसमा एम्बोलोले सहजै गोल गरे ।

Photo Credit : IMAGO / STEINSIEK.CH

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय