+
+
Shares

इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुन्छ : ट्रम्प

ट्रम्पको यो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिन्छ । बघाइले यसअघि दस्तावेजहरुमा आइतबार हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हुन सक्ने’ बताएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते ५:४५

३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् ।

ट्रम्पको यो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिन्छ । बघाइले यसअघि दस्तावेजहरुमा आइतबार हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हुन सक्ने’ बताएका थिए ।

अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्यपश्चिम क्षेत्र अशान्त छ । विश्वभर इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द छ ।

प्रत्यक्ष भेटघाटले लजिस्टिक चुनौतीहरू र प्रक्रिया अवरुद्ध हुने सम्भावना बढी भएकाले अधिकारीहरूले सम्झौतामा भर्चुअल हस्ताक्षरको योजना बनाइरहेको सीएनएनले जनाएको छ ।

समझदारी पत्रले रूपरेखा कसरी कार्यान्वयन गर्ने र बाँकी रहेका समस्याहरू समाधान कसरी गर्ने भन्नेबारेमा ६० दिनको नयाँ वार्ता अवधि सुरु गर्ने एक अमेरिकी अधिकारीले गत शुक्रबार बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?