+
+
Shares

‘महाशक्तिको आशीर्वाद पाउन मध्यम शक्ति भएका देशबीच होडबाजी हुनु हुँदैन’

प्रधानमन्त्री कार्नीले महाशक्तिहरूबिच तीव्र प्रतिस्पर्धा भइरहेको वर्तमान विश्वमा मध्यम शक्ति भएका देशहरूसँग एउटा स्पष्ट विकल्प रहेको उल्लेख गरे।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यम शक्ति भएका देशहरूलाई महाशक्तिहरूको आशीर्वाद पाउन आपसमा प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् ।
  • साना र मध्यम स्तरका देशहरूले समान विचारधारा भएका राष्ट्रहरूसँग साझेदारी गरी तेस्रो विकल्प तयार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
  • अमेरिकामाथि निर्भरता कम गर्ने रणनीतिअनुसार क्यानडाले अमेरिकासँगको सम्बन्धमा आएको उतारचढावकै बीच नयाँ वैश्विक समीकरणको वकालत गरेको हो ।

३१ जेठ, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले विश्वका मध्यम शक्ति (मिडल पावर) भएका देशहरूले ‘महाशक्तिहरू’ को आशीर्वाद वा निकटता पाउनका लागि आपसमा प्रतिस्पर्धा गर्न नहुने बताएका छन्।

आगामी जी-७ शिखर सम्मेलनको पूर्वसन्ध्यामा शनिबार आयरल्याण्डको राजधानी डबलिनमा त्यहाँका नेतासँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री कार्नीले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री कार्नीले महाशक्तिहरूबिच तीव्र प्रतिस्पर्धा भइरहेको वर्तमान विश्वमा मध्यम शक्ति भएका देशहरूसँग एउटा स्पष्ट विकल्प रहेको उल्लेख गरे।

उनका अनुसार ती देशहरू कि त महाशक्तिहरूको समर्थन पाउन आपसमा प्रतिस्पर्धा गर्न सक्छन्, कि त सबै मिलेर एउटा प्रभावशाली ‘तेस्रो मार्ग’ तयार गर्न सक्छन्। साना र मध्यम स्तरका देशहरूले आफू जस्तै समान विचारधारा भएका सहयोगी राष्ट्रहरूसँग साझेदारी गरेर आफ्नो शक्तिलाई थप गुणा बढाउन सक्ने उनको भनाइ छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, प्रधानमन्त्री कार्नीले शक्ति सन्तुलनको उदाहरण दिँदै क्यानडा र युरोपेली संघको संयुक्त जनसङ्ख्या अमेरिकाको भन्दा दोब्बर बढी रहेको तथ्य प्रस्तुत गरे। उनले दुवैको संयुक्त अर्थतन्त्रको आकार पनि झण्डै अमेरिका बराबर रहेको र उनीहरूको सामूहिक रक्षा बजेट चीनको रक्षा बजेटभन्दा दोब्बर रहेको दाबी गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिका और क्यानडाबिचको सम्बन्धमा चिसोपन आएको छ। वासिङ्टनसँगको सम्बन्धमा आएको यही उतारचढावका बिच क्यानडाले रणनीतिक रूपमा अमेरिकामाथिको आफ्नो निर्भरता कम गर्ने प्रयास गरिरहेको छ। प्रधानमन्त्री कार्नीको यो पछिल्लो अभिव्यक्तिलाई पनि अमेरिका केन्द्रित नीतिबाट अलग भई नयाँ वैश्विक समीकरण बनाउने क्यानडाको रणनीतिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?