+
+
Shares

बसको ठक्करबाट महिलाको मृत्यु

दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले पैदलयात्री छत्रेश्वरी गाउँपालिका–७ की ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको श्रीनगरस्थित राप्ती राजमार्गमा बसको ठक्करबाट छत्रेश्वरी गाउँपालिका–७ की ४६ वर्षीया उमा रेउलेको मृत्यु भएको छ ।
  • दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले आइतबार दिउँसो पैदलयात्री रेउलेलाई ठक्कर दिएको थियो ।
  • दुर्घटनापछि प्रहरीले बस र चालक डिल्ली बुढालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरू गरेको छ ।

३१ जेठ, सल्यान । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित बसपार्क नजिक राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार दिउँसो करिब १२ बजे दाङबाट कुमाखतर्फ जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले पैदलयात्री छत्रेश्वरी गाउँपालिका–७ की ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको थियो।

दुर्घटनामा रेउलेको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

बस चालक कुमाख गाउँपालिका–३ निवासी करिब ३० वर्षीय डिल्ली बुढा रहेको प्रहरीले जनाएको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?