News Summary
Generated by OK AI. Editorially reviewed.- पार्टीमा पदीय भूमिका खोज्ने र पद नपाए छोड्ने प्रवृत्ति बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यले चिन्ता व्यक्त गरेका छन् ।
- उनले पुराना राजनीतिक दलहरूबाट धैर्य सिक्न आफ्ना कार्यकर्तालाई सुझाव दिएका छन् ।
- आचार्यले आफूबाहेक अरू कोही पनि सही नलाग्ने प्रवृत्ति त्याग्न र पदीय आशक्ति नराख्न आग्रह गरे ।
३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्रम बढेको उनले बताए ।
‘यहाँ त चार वर्षमा मन्त्री पाएन भने पार्टी नै छोडिदिन्छु भन्ने साथीहरुको विगविगि छ,’ लुम्बिनीको प्रदेश अधिवेशनमा आचार्यले भने,‘अथवा, चार वर्षमा सभापति बन्न पाइन भने सभापति त कामै लाग्दैन । अर्को पार्टी तिर जानु पर्छ कि भन्ने लाग्छ । यो सहि हो र ?’
पुराना दलबाट धैर्यता सिक्न पार्टीका कार्यकर्तालाई आचार्यले सुझाव दिए । पुरानो पार्टीमा धैर्यता भन्ने कुरा गजब रहेको उल्लेख गर्दै आचार्यले भने,‘३०–३५ वर्ष पछाडि टिकट पाउँदा खेरि पनि त्यो पार्टी प्रति माया थियो उनीहरूलाई । आज हामी चार वर्षमा भनेको जस्तो पद पाएनौँ भने अब त मेरो पोलिटिकल करियर सकिहाल्यो कि भनेको जस्तो गर्छौं ।’
आफूबाहेक अरु कोही पनि सहि नलाग्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए । आफूबाहेक अर्को व्यक्ति पदमा गए देश/पार्टी विग्रन्छ भन्ने भावना नराख्न उनले कार्यकर्तालाई आग्रह गरे ।
प्रतिक्रिया 4