+
+
Shares

काठमाडौं महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्णरूपमा लागु गर्ने

बहालमा लिएदिएका घर र जग्गा तथा अन्य संरचना–सम्पतिको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिने भएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा बहाल र व्यवसाय करलाई वैज्ञानिक तथा करदातामैत्री बनाउन स्थान विशेषका आधारमा दर निर्धारण गर्ने भएको छ ।
  • महानगरले करको दायरामा नआएका करदाता पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने र राजस्वसम्बन्धी सूचना एसएमएस मार्फत सम्प्रेषण गर्ने नीति लिएको छ ।
  • महानगरपालिकाभित्र बहालमा लिएदिएका घर, जग्गा तथा संरचनाको अनिवार्य दर्ता गर्ने र एकीकृत करदाता परिचय नम्बर पूर्णरूपमा लागू गर्ने व्यवस्था मिलाइने छ ।

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय कर वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो । ‘करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजस्व सेवासम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएस मार्फत सम्प्रेषण गरिने छ,’ नीति तथा कार्यक्रममा छ, ‘महालेखा नियन्त्रकको कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र)  लागु गर्न आवश्यक प्रबन्ध मिलाइने छ ।’

एकीकृत करदाता परिचय नम्बर पूर्णरूपमा लागु गरिने समेत घोषणा गरिएको छ । बहालमा लिएदिएका घर र जग्गा तथा अन्य संरचना–सम्पतिको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?