+
+
Shares

सिद्धार्थ बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन’मा गोल्ड अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय स्तरको 'इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड' अन्तर्गत 'मेक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट– डिजिटल फर्स्ट' विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ ।
  • विश्वभरका बैंकहरूले प्रविधि र ग्राहक अनुभवका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कनका आधारमा यो अवार्ड प्रदान गरिने बैंकले जनाएको छ ।
  • बैंकले मोबाइल बैंकिङ, क्यूआर भुक्तानी र भर्चुअल क्रेडिट कार्डजस्ता विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ ।

३१ जेठ, काठमाडौं । सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’अन्तर्गत ‘मेक्सिमाइजिङ कस्टुमर इन्गेजमेन्ट– डिजिटल फर्स्ट’ बैंकिङ विधामा गोल्ड अवार्ड पाएको छ ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डबाट डिजिटल बैंकिङप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासले अन्तर्राष्ट्रिय स्तरमा सार्थकता पाएको बैंकले जनाएको छ।

बैंकले ग्राहकलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाको विस्तार गर्दै आएको छ । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड, डिजिटल खाता सञ्चालन लगायतका सेवामार्फत ग्राहकलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने प्रयासलाई उक्त अवार्डले थप साहस र ऊर्जा प्रदान गरेको बैंकले उल्लेख गरेको छ ।

‘सिद्धार्थ बैंकले आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने छ’ बैंकले विज्ञप्तिमार्फत प्रतिबद्धता जनाएको छ । यस उपाधिले ग्राहकप्रतिका प्रतिबद्धतालाई मजबुत बनाउँदै अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न प्रेरित गरेको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?