+
+
Shares

निरंकुशता अन्त्य गर्न स्थापना भएको पार्टीमा निरंकुशता सुरु : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्रै निरंकुशता शुरू भएको बताए ।
  • उनले नेपाली कांग्रेस बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
  • महामन्त्री गगन थापासँग असहमति देखिए पनि कोइरालाले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता जनाए ।

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन् ।

कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए ।

नेपाली कांग्रेस अब बीपीले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो ।

कोइरालाले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउँन नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफूले राखेका पाँचवटा कुरा स्वीकारेको बताउँदै उनले भने, ‘सहमति गर्न अहिले के कुराले रोक्यो ?’

गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए ।

सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकता बाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट सुरु गर्नुपर्छ ।’

कोइरालाले आफूले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?