News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वी नवलपरासीको गैँडाकोटमा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा ७७ वर्षीया सावित्री भुषालको मृत्यु भएको छ ।
- दुर्घटनामा स्कुटर चालक ४० वर्षीया सीता भुषाल घाइते भएकी छन् र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
- प्रहरीले भारतीय कार चालक उत्तर प्रदेशका करुणा निधान मिश्रसहित दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।
३१ जेठ, चितवन । पूर्वी नवलपरासीको गैँडाकोटमा भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा एक जना वृद्धाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट नगरपालिका-११ स्थित बोर्डिङ चोक नजिकै आइतबार दिउँसो करिब ४:२० बजे भएको दुर्घटनामा हुप्सेकोट गाउँपालिका-१ बस्ने ७७ वर्षीया सावित्री भुषालको मृत्यु भएको हो ।
नारायणगढतर्फबाट कावासोतीतर्फ जाँदै गरेको यूपी ५७ सीडी ९०१० नम्बरको भारतीय कारले विपरीत दिशाबाट आउँदै गरेको ग.प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भुषालकाे चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार साँझ ५:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी स्कुटर चालक हुप्सेकोट–१ कै ४० वर्षीया सानु भनिने सीता भुषाल घाइते भएकी छन्।
उनको टाउको र दुवै हातमा चोट लागेको छ। अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको र हाल उपचार जारी छ।
प्रहरीका अनुसार कार चालक भारतको उत्तर प्रदेश, सुखीनगर कसैया बस्ने ४३ वर्षीय करुणा निधान मिश्र र दुर्घटनामा परेका दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।
प्रतिक्रिया 4