+
+
Shares

प्रेमराजादेखि विश्व दोङसम्म, दरबार रोधीमा लोकसंगीतको उत्सव

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दरबारमार्गस्थित दरबार रोधी क्लबले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा तीनदिने सांगीतिक उत्सव सम्पन्न गरेको छ ।
  • सो उत्सवमा प्रेमराजा महत, प्रीति आले र विश्व दोङलगायतका चर्चित लोक कलाकारहरूले आआफ्ना सांगीतिक प्रस्तुतिहरू दिएका छन् ।
  • क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीन तथा सङ्घर्षरत कलाकारहरूको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

काठमाडौं । तीन दिनसम्म दरबार रोधी क्लब लोकसंगीतको रङमा रंगियो । एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्‍यो ।

२९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा गायक महतको ‘माया भेटियो बन्दीपुरैमा’, राजु परियारको ‘मिर्मिरेको घाम’, श्याम रानाको ‘रेलै सलल’ र दीपिका बयम्बुको ‘मायालाई के दिऊँ म बैना’ जस्ता लोकप्रिय गीतले दर्शकलाई झुमाएका थिए । कृष्ण कँडेलले लाइभ दोहोरी प्रस्तुत गर्दै माहोललाई तताए ।

कार्यक्रमकै अवसरमा क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गर्‍यो । क्लब अध्यक्ष श्रवणकुमार कुँवरले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी वर्षमा पनि वार्षिकोत्सवबाट प्राप्त आम्दानीको एक हिस्सा यस्ता कलाकारको सहयोगमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।\

वार्षिकोत्सवको दोस्रो दिन गायिका प्रीति आले र गायक कुलेन्द्र विश्वकर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिए । आलेले ‘बामरी बामरी’ प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए भने कुलेन्द्रले ‘सालको पातको टपरी’ गाएर माहोल तताए ।

उत्सवको अन्तिम दिन गायक विश्व दोङको प्रस्तुति मुख्य आकर्षण बन्यो । उनको चर्चित तामाङ सेलो ‘माया भन्दा ठूलो जात होइन’ दर्शकको प्रतिक्षामा रहने नै भयो ।

सो अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथि तथा लोक दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, लोक दोहोरी व्यवसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यावसायी संघका अध्यक्ष आशिष खड्का, रात्रिकालीन व्यावसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठ लगायत सहभागी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?