१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कर्णाली प्रदेश अधिवेशन अन्तर्गतको मतदान प्रक्रिया सोमबार पनि सुरु हुन सकेन । विवादका चलिरहँदा पार्टीका नेताहरूले नेतृत्व चयन प्रक्रियालाई सर्वसम्मत अनुमोदन गर्न खोजिरहेका छन् ।
प्रदेश सदस्यमा सर्वसम्मत भएकाहरूको पनि मतदान गर्ने भनिएपछि विवाद भएको भनिएको छ ।
प्रदेश सभापति पदमा वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत र कोषाध्यक्ष स्नेहा उपाध्याय को उम्मेदवारी परेको छ ।
पहिलो चरणमा सभापति र सदस्य पदको निर्वाचन हुनेछ भने, दोस्रो चरणमा अन्य पदाधिकारीको निर्वाचन हुने भनिएको छ ।
सोमबार स्थगित गरिएको मतदान भोलि मंगलबारका लागि सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4