+
+
Shares

रास्वपा नेता सिंहमाथि धनगढीमा भएको आक्रमणबारे एमाले नेता महरले गराए ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १४:१८

२ असार, काठमाडौं । नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले रास्वपा नेता शैलेश सिंहमाथि कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले यस घटनाबारे सदनलाई जानकारी गराएका हुन् ।

सांसद महरले सिंहमाथि धनगढीमा भएको साङ्घातिक आक्रमणको घटनाप्रति पनि आपत्ति जनाए ।

रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट घर फर्कने क्रममा गत असार १ गते राति ७–८ जनाको समूहले सिंहमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको जानकारी उनले गराए ।

आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उनको साथमा रहेको ल्यापटप, मोबाइल, घडी र सुनको सिक्री समेत लुटेको सांसद महरले सदनलाई बताए ।

उक्त घटनालाई लिएर सांसद महरले मुलुकमा अराजकता र दण्डहीनता बढेको भन्दै चिन्ता व्यक्त गरे ।

आफ्नै पार्टी सरकारको नेतृत्वमा रहेको अवस्थामा समेत जिम्मेवार नेतामाथि आक्रमण हुनुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको उनको भनाइ छ ।

सिंह गत प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट रास्वपाको उम्मेदवार समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?