+
+
Shares

‘गंगा रानी’ को शीर्ष भूमिकामा रोशन अनुबन्धित, वर्षासँग बाँध्नेछन् जोडी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १४:२२

काठमाडौं । निर्देशक राजबहादुर सानेको आगामी निर्देशकीय फिल्म ‘गंगा रानी’ मा शीर्ष अभिनेताको भूमिकामा रोशन केसी अनुबन्धित भएका छन् । यो डेब्यू फिल्ममा उनले वर्षा सिवाकोटीसँग अनस्क्रिन रोमान्स गर्नेछन् ।

५०० भन्दा धेरै अडिसन आवेदकमार्फत केसीलाई छनोट गरिएको निर्माताद्वारा जारी वक्तव्यमा उल्लेख छ । शीर्ष अभिनेत्रीमा सिवाकोटी यसअघि नै अनुबन्धित भैसकेकी छन् ।

रोशनले केही सांगीतिक भिडियोमार्फत अभिनय यात्रा थालेका थिए । उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले यो फिल्ममार्फत डेब्यूको लागि आफू तयार भएको उनले जानकारी दिए ।

निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् । साने स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ ।

निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको र सानेकै निर्देशन रहेको आर्के फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?