काठमाडौं । राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८३ मा निशान्त विक र संगीना थापा मगर विजयी भएका छन् । १७ समूहलाई उछिन्दै यी दुईजनाको टिमले उपाधि जितेको हो ।
पहिलो भएका विक र मगरले शिल्डसहित ३ लाख रुपैयाँ नगद प्राप्त गरे । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा नुवाकोटको विदुर नगरपालिकामा प्रतियोगिता आयोजना भएको थियो ।
सरोज सिम्खडा र जमुना विश्वकर्मा दोस्रो बने । मानव रावत र भावना अर्याल तृतीय हुँदा राजमान खत्री र शान्ता वलीले सान्त्वना पुरस्कार प्राप्त गरे । द्वितियले २ लाख, तृतीयले १ लाख र सान्त्वनाले ५० हजार नगद पुरस्कार पाए ।
राजु लामिछाने उत्कृष्ट गायक, जमुना सुनार उत्कृष्ट गायिका, विक्रम गहतराज उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका शीतल कल्पना विक, अनुशासित गायक बेलबहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा प्रितम पोखरेल र उत्कृष्ट भेषभूषा सीता माझी बन्न सफल भए ।
लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगीता सोचेभन्दा भब्य भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले बताइन् । प्रतियोगिता अगाडि सहभागी टिमलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टिम छनोट गरेको थियो ।
प्रतिक्रिया 4