+
+
Shares

११ महिनामा ४७ अर्ब ६१ करोड प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:२५

२ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत आवको जेठसम्म ६० अर्ब ६० करोड लगानी प्रतिबद्धता आएको थियो ।

चालु आवको साउनमा सबैभन्दा धेरै २० अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भएको छ । भदौको आन्दोलनपछि ह्वात्तै घटेको लगानी प्रतिबद्धता पछिल्ला महिनामा भने स्थिर देखिन्छ । विभागका अनुसार जेठ महिनासम्म अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा कुल ९१४ उद्योग दर्ता भएका छन् ।

जेठ महिनामा मात्र २ अर्ब २९ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको थियो । यस महिनामा १८६ उद्योग दर्ता भएको तथ्यांक छ । चालु वर्ष जेठसम्म कुल ९ ठूला उद्योग, ११ मझौला र ८९४ साना उद्योग दर्ता भएको देखिन्छ । जेठमा ३ मझौला र १८३ साना उद्योग दर्ता भएका छन् ।

यस वर्ष सबैभन्दा धेरै सूचना प्रविधिसँग सम्बन्धित उद्योगमा लगानी प्रतिबद्धता आएको छ । जेठसम्म ५७७ उद्योग दर्ता भएका छन् । जसमा २ अर्ब ३६ करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

पर्यटनमूलक उद्योग २०२ वटा दर्ता भएका छन् । जसमा १२ अर्ब ९९ करोड लगानी प्रतिबद्धता आएको छ । कृषिमुलक उद्योगमा सर्वाधिक २२ अर्ब ८ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आउँदा १६ उद्योग दर्ता भएका छन् । उत्पादनमूलक उद्योग ५२, ऊर्जा र खनिजमा २/२ र पूर्वाधारमा एक उद्योग दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?