२ असार, काठमाडौं । ८ वटा विश्वविद्यालयका उपकुलपतिको उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असार १३ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । सिफारिस समितिले मंगलबार प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयको १३ गतेका लागि तोकिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ गतेका लागि तय गरिएको छ ।
पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको १५ गतेका लागि तय भएको छ । तोकिएको समयभन्दा १ घण्टा अगावै सक्कल कागजातसहित उपस्थिति हुन उम्मेदवारहरूलाई भनिएको छ ।
गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपतिका लागि खुला आह्वान गरिएको थियो । आवेदन परेकाहरू अध्ययन अनुसन्धान गरेर सर्टलिस्टमा परेका उम्मेदावरको प्रस्तुतीकरण र अन्तर्वार्ता लिन लागिएको हो ।
विज्ञले दिएको अंकको आधारमा सिफारिस समितिले उपकुलपतिको नाम छनोट गरेर कुलपतिलाई सिफारिस गर्ने छ । अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
हेर्नुहोस् अन्तर्वार्तासम्बन्धी सूचना :
प्रतिक्रिया 4