+
+
Shares

स्थापनाको ३३ वर्षपछि बीपी प्रतिष्ठानमा ‘ड्रेसकोड’

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८३ असार २ गते २०:४७

२ असार, सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको ३३ वर्षपछि पहिलो पटक कर्मचारीलाई ‘ड्रेसकोड’ लागू गरेको छ ।

यसअघि बीपी प्रतिष्ठानका कर्मचारीहरूले कार्यालयमा आउँदा आफूखुशी पोशाक लगाएर आउने गरेका थिए । पोशाकको बारेमा कुनै नीति निर्देशिका नबनाइएकाले कर्मचारीहरू अनौपचारिक पोशाकमा देखिने गरेका थिए ।

कार्यालयमा अनौपचारिक पोशाकमा हुदा सेवाग्राही र बीपी प्रतिष्ठानका कर्मचारीबीच छुट्याउन सकिने अवस्था थिएन ।

बीपी प्रतिष्ठानका निमित्त उपकुलपति डा. इन्द्र लिम्बूले भने, ‘बीपी प्रतिष्ठानका सबै कर्मचारी अबदेखि कार्यालय समयमा तोकिएको नियमित पोशाकमा देखिनेछन् । यो ड्रेस कोड सामान्य पोशाक मात्र होइन कर्मचारीको पहिचान पनि हो । त्यसैले अनिवार्य गरिएको हो ।’

स्वास्थ्य मन्त्रालयले आफ्ना मातहतका सरकारी कार्यालयका कर्मचारीलाई अनिवार्य तोकिएको नियमित पोशाकमा कार्यालय आउनुपर्ने उर्दी जारी गरेको थियो । तर बीपी प्रतिष्ठान स्वायत्त संस्था भएकाले पोशाक अनिवार्य गरेको थिएन । सरकारले बीपी प्रतिष्ठानका कर्मचारी, चिकित्सक र नर्सलाई तलब भत्ता सुविधा र पोशाक भत्ता पनि नदिने भएकाले सामान्य पोशाकमा कर्मचारीहरू कार्यालय समयमा आउने गरेका थिए ।

चिकित्सकले भने पहिलैदेखि सेतो एप्रोन लगाउँदै आएका छन् । ड्रेसकोड समितिले बीपी प्रतिष्ठानमा अबदेखि नर्सले सेतो रंगको सारी वा कुर्ता सलवार लगाउनु पर्ने सिफारिस गरेका छ ।

यसअघि बीपी प्रतिष्ठानमा नर्सले रातो रंगको पोशाक लगाउने गरेका थिए । टाउकोमा लगाउने नर्स क्याप भने लगाउन अनिवार्य गरिएको थिएन ।

पोशाक अनिवार्य गरेपछि २ हजार कर्मचारीलाई वार्षिक रुपमा १० हजार रुपैयाँ पोशाक भत्ता दिँदा वार्षिक २ करोड रपैया अतिरिक्त खर्च भने बढेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?