+
+
Shares

मधेश अधिवेशनबारे छलफलमा रवि

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते ११:२५

३ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टीको मधेश अधिवेशनबारे मधेश प्रदेशका सांसदहरूसँग छलफलमा जुटेका छन् ।

सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग छलफल जारी छ ।

मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएका पालिका र वडा तह पनि मधेशमै धेरै छन् ।

अन्य ६ प्रदेशमा अधिवेशन गरेर नयाँ नेतृत्व आइसक्दा आन्तरिक विवादका कारण मधेश समितिको अन्योलता कायमै छ ।

यही सन्दर्भमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?