३ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट वाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय थ्इ थ्इगिइल्न् रहेका छन् ।
त्रिभुवन अर्न्तााष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले कतार एयरको उडानद्वारा काठमाडौंबाट कतार जान लागेकाउनीहरूलाई पक्राउ गरेका हो ।
बेचनको साथबाट कतारी रियाल ४२ हजार ४ सय र चाइना इस्टर्नको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका थ्इ थ्इगिइल्न्को साथबाट अमेरिकी डलर ७ हजार ५ सय फेला पारी पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4