+
+
Shares

काभ्रे बस दुर्घटना : मृतकको सम्झनामा रोशी गाउँपालिकामा शोक बिदा

कपिल कोइराला कपिल कोइराला
२०८३ असार ४ गते ८:४८

४ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा रोशी गाउँपालिकाले आगामी असार ५ गते शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।

गत जेठ २९ गते दिउँसो भएको दुर्घटनामा परी रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएकोले गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आफ्ना मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक विदाको घोषणा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा हस्ताक्षरित वक्तव्य भनिएको छ, ‘यस दुःखद् घडीमा पालिका कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, इमर्जेन्सी बाहेकका स्वास्थ्य संस्थाहरूलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको र दुर्घटनामा आफ्ना नागरिकहरूले अकालमा ज्यान गुमाउनु परेकोमा रोशी गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।”

साथै, दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । त्यस्तै, गाउँपालिकाले दुर्घटनामा परेर मृत्यु भएकाका परिवारलाई जनहि पचास हजार रुपैयाँ दिने समेत निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले मृतकको किरिया खर्चको लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

गत जेठ २९ गते दिउँसो बीपी राजमार्ग हुँदै रोशी ८ को खार्पाचोक हुँदै रोशी ६ को सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस दुर्घटनामा परेको थियो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?