News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो सगरमाथा संवाद २०२७ मेमा हुने र त्यसको प्रारम्भिक तयारी शुरू भइसकेको बताउनुभयो ।
- पहिलो सगरमाथा संवाद जलवायु न्यायका पक्षमा २५ बुँदे घोषणापत्र जारी गर्दै २०२५ मेमा सम्पन्न भएको थियो ।
४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो संगरमाथा संवाद २०२७ मेमा हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिए ।
‘सगरमाथा संवादका लागि बजेट प्रस्तावित छ । यसको प्रारम्भिक काम सुरु भइसकेको छ,’ मन्त्री खनालले बैठकमा भने ।
पहिलो सगरमाथा संवाद २०२५ मेमा सम्पन्न भएको थियो । सगरमाथा संवाद सामान्यतया हरेक दुई वर्षमा हुन्छ ।
सगरमाथा संवाद २०२५ हिमाल बचाउने प्रतिबद्धता, हरित प्रविधिको प्रवर्द्धन, विकासशील राष्ट्रहरूलाई सहुलियत, वित्तीय सहयोग तथा जलवायु न्यायका पक्षमा ठोस मागहरू लगायत २५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4