+
+
Shares

पोशाक खर्च प्रहरीलाई नै दिएर आफैंले खरिद गर्ने प्रक्रिया अघि बढाउँछौं : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाकमा प्रहरी आफैंले खरिद गर्ने गरी प्रक्रिया अघि बढाउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाक खरिदमा हुने विवाद अन्त्य गर्न प्रहरीलाई नै रकम दिएर आफैं किन्न लगाउने सोच बनाएको बताए ।
  • गृह मन्त्रालयको बजेट छलफलका क्रममा उनले पोशाकको टेन्डर प्रक्रियामा पटक-पटक विवाद देखिएकाले यस्तो विकल्प अघि सारेको उल्लेख गरे ।

४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाकमा प्रहरी आफैंले खरिद गर्ने गरी प्रक्रिया अघि बढाउने बताएका छन् ।

गृह मन्त्रालयको मन्त्रालयगत बजेटमाथिको छलफको क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका छन् । पोशाक खरिद तथा टेन्डरको विषयमा पटक-पटक विवाद हुने गरेको भन्दै मन्त्री गुरुङले यो विषय सुनाएका हुन् ।

‘प्रहरीको पोशाकको टेन्डर प्रक्रियामा इस्यू हुने गरेको सुनिएको छ । जति रकम पोशाकमा खर्च हुन्छ । त्यो रकम प्रहरीलाई नै दिने र आफैं खरिद गर्ने सोच बनाएका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?