+
+
Shares

काठमाडौं महानगरले ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्ने

काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौंलाई सांस्कृतिक शहर घोषणा गर्ने व्यवस्था गरेको छ ।
  • महानगरपालिकाले काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।
  • विपद् व्यवस्थापन, मनसुन पूर्वतयारी तथा बढ्दो तापक्रम प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न महानगरपालिकाले आवश्यक बजेट व्यवस्था गरेको छ ।

४ असार, काठमाडौं । काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

बिहीबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे उल्लेख गरिएको हो । काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ ।

त्यसैगरी ‘नगर–नगर साझेदारी कार्यक्रम’ का लागि आवश्यक बजेटको व्यवस्था गरेको काठमाडौं महानगरले बिहीबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

रात्रिकालीन यातायात सेवा सञ्चालनलाई निरन्तरता दिन, पिउने पानीको व्यवस्थासँगै आवश्यक स्थानमा सार्वजनिक शौचालय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । पशु बधशाला निर्माण गर्न तथा एग्रो पुलिङका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्याइएको छ ।

‘बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौं महानगरपालिकालाई सांस्कृतिक सहर घोषणा गर्न आवश्यक प्रबन्ध गरिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र विपद् व्यवस्थापन कार्य थप प्रभावकारी एवं साधनस्रोत सम्पन्न गराउन बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३, बढ्दो तापक्रम प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइएको पनि उल्लेख छ ।

नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्न तथा पार्क निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?