+

रमेश र सुनसरीले जिते रामारोशन स्काई रनिङको उपाधि

२०८३ असार  ५ गते २१:२६ २०८३ असार ५ गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ताप्लेजुङका रमेश लिम्बू र नेपाल आर्मीकी सुनसरी रोकायाले रामारोशन स्काई रनिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् ।
  • सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशनमा आयोजित प्रतियोगितामा देशभरका ५७ जिल्लाका १५३ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।
  • २८ किलोमिटर दूरीको यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पाए ।

५ असार, काठमाडौं । ताप्लेजुङका रमेश लिम्बू र नेपाल आर्मीकी सुनसरी रोकायाले रामारोशन स्काई रनिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् ।

‎नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले पहिलो पटक आयोजना गरेको ‘रामारोशन स्काई रनिङ २०२६’ मा रमेश लिम्बू पुरुष खुलातर्फ र सुनसरी महिला खुलातर्फ च्याम्पियन बने ।

खुला २८ किलोमिटर दूरी लिम्बुले ३ घण्टा २८ मिनेट १५ सेकेन्ड मा पूरा गर्दै पहिलो भए ।

यस्तै जुम्लाका सोनम बहादुर रावत ३ घण्टा ३० मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । अर्जुन बुढा ३ घण्टा ४१ मिनेट समयम निकाल्दै तेस्रो भए ।

महिलातर्फ खुला विधामा सुनसरी रोकायाले ४ घण्टा ३२ मिनेट ४४ सेकेन्डमा दूरी पूरा गरी पहिलो भइन् । खोटाङकी निर्मला राई ४ घण्टा ३४ मिनेट १७ सेकेन्डमा दोस्रो भइन् ।

‎‎स्थानीय युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २० वर्षमुनिका खेलाडीका लागि ५ किलोमिटर सामुदायिक दौडमा पुरुषतर्फ पञ्चदेवल बिनायक नगरपालिकाका सुशील तिमिल्सिनाले २४ मिनेटमा पूरा गर्दै पहिलो भए । ‎‎महिलातर्फ देबकी धामि २९ मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् ।

२८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसबाहेक दुवै विधाका शीर्ष १० स्थान हासिल गर्ने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ ।

‎यस्तै ५ किलोमिटर सामुदायिक दौडमा पुरुष तथा महिला दुवै विधाका उत्कृष्ट खेलाडीलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

सबै विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

‎‎सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र रामारोशनमा सम्पन्न प्रतियोगितामा देश भरका विभिन्न ५७ जिल्लाबाट १५३ जना धावकले प्रतिस्पर्धा गरेका थिए ।‎‎

करिब २ हजार १५० देखि ३ हजार ८३० मिटर उचाइ अन्तर समेटिएको चुनौतीपूर्ण मार्गमा भएको यस प्रतियोगिताले साहसिक खेलको प्रवर्द्धनसँगै रामारोशनको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।‎

रामारोशन स्काई रनिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय