News Summary
Generated by OK AI. Editorially reviewed.- पाल्पाको बगनासकाली गाउँपालिका–६ स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय शिशिर गाहाको मृत्यु भएको छ ।
- नदीमा डुबेर बेपत्ता भएका २४ वर्षीय पुजन गाहाको खोजी कार्य प्रहरी र स्थानीय बासिन्दाले जारी राखेका छन् ।
५ असार, पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर शिखरडाँडाका १४ वर्षका शिशिर गाहाको मृत्यु भएको हो ।
बेपत्ता हुनेमा २४ वर्षीय पुजन गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय बासिन्दासहित प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले बेपत्ता युवकको खोजी कार्य जारी राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4