+
+
Shares

राष्ट्रिय सभा कार्यसूचीबाट हटाइयो सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:१७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको कार्यसूचीबाट सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश हटाइएको छ भने अन्य ४ अध्यादेश अघि बढाउने प्रस्ताव यथावत छ ।
  • संसद् अधिवेशन सुरु हुनुअघि सरकारले ल्याएका ८ अध्यादेशमध्ये ४ वटा स्वीकृतिका लागि आज संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरिँदै छ ।
  • स्वीकृतिका लागि अघि बढाइएका अध्यादेशहरूमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐन संशोधन रहेका छन् ।

५ असार, काठमाडौं । राष्ट्रिय सभाको कार्यसूचीबाट हट्यो एउटा अध्यादेश अघि बढाउने विषय हटेको छ । तर चार वटा अध्यादेश अगाडि बढाउने विषय यथावत छ ।

आजको बैठकमा पाँच वटा अध्यादेश अगाडि बढाउने विषय सम्भावित कार्यसूचीमा थियो । तर दैनिक कार्यसूची तय गर्दा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश अगाडि बढाउने विषय हटाइएको छ ।

सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।

ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभामा स्वीकृति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।

संसद्को अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्र् िशुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि त्यसैबेला आएको थियो ।

यसमध्ये चार वटा अध्यादेश आज अगाडि बढाउने कार्यसूची छ ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा आज स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।

यी चार वटा अध्यादेश प्रतिनिधिसभाले पनि अगाडि बढाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?