News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाले विपक्षी दलको विरोधका बीच 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३' लाई स्वीकृत गरेको छ ।
- नेपाली कांग्रेसका सांसद् खड्कबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गर्ने प्रस्तावलाई प्रतिनिधिसभाले अस्वीकृत गरिदियो ।
- कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त अध्यादेश स्वीकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।
५ असार, काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो ।
तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए ।
नेपाली कांग्रेसका सांसद् खड्कबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार गरियोस् भनेर प्रस्ताव समेत राखेका थिए ।
यस्तो प्रस्तावलाई सभामुखले सभामा निर्णयार्थ प्रस्तुत गरे । तर स्वीकृत हुन सकेन ।
त्यसपछि प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखिन् ।
यसलाई भने सभाले स्वीकृत गरेको छ ।
यो सँगै अब सरकारलाई सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।
प्रतिक्रिया 4