+
+
Shares

स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ स्वीकृत गरेको छ ।
  • स्वास्थ्यमन्त्री निशा मेहताले बैठकमा उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
  • एमाले सांसद कृपाराम रानाले अध्यादेश अस्वीकृत गर्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएपछि सो अध्यादेश स्वीकृत भएको हो ।

५ असार, काठमाडौं । स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

जसलाई सभाले स्वीकृत गरेको हो । यसअगाडि यो अध्यादेश अस्वीकृत गरियोस् भनेर नेकपा एमालेका सांसद कृपाराम रानाले प्रस्ताव राखेका थिए । रानाको प्रस्ताव अस्वीकृत भएसँगै सभाले अध्यादेश स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?