+
+
Shares

नेप्सेमा दुई नयाँ कम्पनी थपिए, सोमबारदेखि कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्सचेन्जमा टक्सार पिखुवाखोला हाइड्रोपावरको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ ।
  • नेप्सेमा याम्बलिङ हाइड्रोपावरको ७० लाख कित्ता सेयर पनि सूचीकृत भएको छ ।
  • सूचीकृत दुवै कम्पनीको सेयर कारोबार आगामी सोमबारदेखि दोस्रो बजारमा शुरू हुनेछ ।

५ असार, काठमाडौं । शुक्रबार नेप्सेमा दुई नयाँ कम्पनी सूचीकृत भएका छन् । टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ दोस्रो बजारमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउने भएको छ । यस कम्पनीको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारण समूहको सेयर ३५.२६ प्रतिशत र संस्थापक सेयर ६४.७४ प्रतिशत छ ।

कम्पनीको पहिलो कारोबार १ सय रुपैयाँदेखि ३ सय रुपैयाँको बीचमा हुनेछ । कम्पनीको कोड नाम टीपीकेएचएल रहेको छ ।

त्यस्तै याम्बलिङ हाइड्रोपावरको आईपीओ पनि सूचीकृत भएको छ । कम्पनीको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयर ४० प्रतिशत र संस्थापक सेयर ६० प्रतिशत रहेको छ ।

यो कम्पनीको कारोबार पनि सोमबारदेखि नै हुनेछ । पहिलो कारोबार मूल्य १ सय रुपैयाँदेखि ३ सयको बीचमा हुनेछ । कम्पनीको कोड नाम वाईएमएचएल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?