+
+
Shares

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट सरकारले पेश गरेका ४ वटा अध्यादेश स्वीकृत भएका छन् ।
  • स्वीकृत अध्यादेशहरूमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेशहरू रहेका छन् ।
  • सरकारले संसद्को चालू अधिवेशन शुरू हुनुअघि ल्याएका ८ वटा अध्यादेशमध्ये यी ४ वटा अध्यादेश स्वीकृत भएका हुन् ।

५ असार, काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो ।

जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।

राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन । तथापि, राष्ट्रिय सभाले सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।

सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए ।

यसमध्ये चार वटा अध्यादेश मात्रै शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधिसभाले स्वीकृत गरिदिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?