News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
- बोस्टन स्टेडियममा भएको उक्त खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो ।
- जितसँगै मोरक्कोले २ खेलबाट ४ अंक जोडेको छ भने पराजित स्कटल्यान्ड ३ अंकसहित समूहको दोस्रो स्थानमा छ ।
६ असार, काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।
बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

मोरक्कोको जितमा इस्माइल साइबारीको निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै मोरक्कोको जितका लागि पर्याप्त भयो । ब्राहिम डियाजले दिएको उत्कृष्ट पासलाई उनले गोलमा परिणत गरे ।
खेल फर्किन केही राम्रो अवसर पाएपनि स्कटल्यान्ड सफल हुन सकेन ।
समूह ‘सी’ मा मोरक्कोले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो ।
हाइटीलाई हराएको स्कटल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलको ब्राजिल एक अंकसहित तेस्रो र हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छ । ब्राजिल र हाइटीबिचको खेल केही बेरमा सुरु हुनेछ ।

प्रतिक्रिया 4